मुल्यमा धेरै गि’रावट आएपछि अर्बपति साथीले किने माइकल ज्याक्सनको घर

काठमाडौं- स्वर्गीय अमेरिकी पप स्टार माइकल ज्याक्सनको घर र नीजि मनोरञ्जन पार्क (नेभरल्याण्ड र्यान्च) उनका साथी रोन बुर्कलले २ करोड २० लाख (२२ मिलियन) अमेरिकी डलरमा किनेका छन् ।

११ सय हेक्टरमा फैलिएको यो सम्पती किन्नकालागि तीन प्र’तिस्प्रर्धीबाट माइकल ज्याक्सनकै साथी अर्बपति बुर्कलले किनेका हुन् ।सन् २९८८ मा माइकल ज्याक्सनले नीजि पार्क र घरसहितको यो सम्पती किनेका थिए । उनी सन् २००५ सम्म यहाँ बसेका थिए ।

क्यालिफोर्नियाको लस ओलिभोसमा रहेको नेभरल्याण्ड र्यान्चसमते भनिने यो पार्कमा ज्याक्सनले बालबालिका र उनका परिवारलाई मनोरञ्जन समेत गराउँथे ।ज्याक्सनमाथि बाल यौ न’शो’ष’ण’को आ’रोप लागेपछि सन् १९९० देखि २००० सम्म यहाँ विभिन्न अनुसन्धान पनि भएका थिए ।

सन् २००५ मा १३ वर्षीय के’टालाई दु’रु’प’योग गरेको आ’रोपमा ज्याक्सन नि’र्दोष साबित भएपछि उनी नेभरल्याण्ड र्यान्चमा कहिलै फर्किएका थिएनन् ।४ वर्षपछि सन् २००९ मा लस एन्जलस स्थित उनको अर्को घ’रमा ड्र ‘ग ‘ओ’भरडो’जका कारण नि’धन भएको थियो ।

ज्याक्सनको मृ’त्युपछि समेत उनीमाथि बिभिन्न आरोप लाग्दै आएको थियो ।सन् २०१५ मा पहिलोपटक नेभरल्याण्ड र्यान्च १० करोड अमेरिकी डलरमा बिक्रीका लागि राखिएको थियो । सन् २०१७ मा फेरि ६७ मिलियन अमेरिकी डलरमा बिक्रीमा राखिएको थियो ।

धेरै मूल्य गि’रवाट भएपछि अहिले सन् २०२० मा उनका पूर्वसाथी बु’र्कलले २२ मिलियन अमेरिकी डलरमा यो सम्पती किनेका हुन् । स्पष्ट नभए पनि ज्याक्सनले यो सम्पती १९।५ मिलियन अमेरिकी डलरमा किनेको दा’बी छ ।