कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै नि’धन भएको छ । उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो ।

ल’म्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताएका छन् ।२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह रा’ठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृ’त्यु भएको छ ।गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जनाको ज्यान गएको हो ।प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृ’त्यु पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय संक्रमितको पोखरामा उपचारकै क्रममा पछिल्लो ३ दिनयता मृ’त्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २३० पुगेको छ । लुम्बिनीका मृ’तकको संख्या गण्डकी प्रदेशकोमा सं’लग्न गरिएको छैन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना नि’को भएका छन् ।