पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख १९ । पर्यटनमन्त्री भानुभक्त ढकाल र उहाँकी पत्नी इन्दिरा फुयाँल ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालमार्फत आफू र पत्नी इन्दिरालाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

आज गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमणपछि अहिले मन्त्री निवास पुल्चोकमा आराम गरिरहेको जानकारीसमेत मन्त्री ढकालले दिनुभएको छ । उहाँले आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै नेपालमा आज ७२११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६४७ जनाको पीसीआर परिक्षण भएक्जो छ भने ६२३ जनाको एन्टीजेन परिक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७१३७ र एन्टी जेन बिधि बाट ७४ जना गरि कुल ७१३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै काठमाण्डौ उपत्यकामा पछिलो २४ घटनामा ३५९५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जन्व्संख्य मन्त्रालयका अनुसार भक्तपुरमा ३०१ जना , ललितपुरमा ५५० जना र काठमाडौंमा २७४४ जना गरि ३५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उता दोस्रो लहरको कोरोना संक्रमणले दोलखाकी २९ वर्षीया युवतीको मृ’त्यु भएको छ । भीमेश्वर नगरपालिका -६, चरिकोट घर भएकी २९ वर्षीया युवतीको कोरोना संक्रमणका कारण आइतबार बिहान भक्तपुर इन्टरनेशनल हस्पिटलमा मृ’त्यु भएको हो ।

जात्रा हेर्न भक्तपुर माइती गएको बेला बिरामी परेकी उनको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको बताइएको छ । उनको परिवारमा बुवा, आमालाई पनि संक्रमण देखिएको छ। आमालाई निको भइसकेको परिवार स्रोतले बताएको छ । बुवा अझैं अस्पतालमा उपचाररत रहेको स्रोतको भनाइ छ ।

उनले चरिकोट आउँदाआउँदै संक्रमणको खबर पाएपछि छुट्टै बसेकी परिवार स्रोतले जनाएको छ । उच्च ज्वरो देखिएपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि पुनः मंगलबार भक्तपुर लगिएको परिवार स्रोतले बताएको छ ।

मृ’तक युवतीको तथ्यांक भक्तपुर जिल्लाले राख्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । उनको सम्पर्कमा गएकाहरूको ट्रेसिङको काम अघि बढिसकेको र लक्षणको आधारमा उनीहरूको परीक्षण हुने प्रमुख पौडेलले बताए।