कोरोना संक्रमितका लागि अक्सिजन उपलब्ध गराउन आफ्नो बाइक बेच्दै अभिनेता हर्षवर्धन

हैदराबाद । बलिउड अभिनेता हर्षवर्धन राणे कोरोना संक्रमितको उपचारका लागि पैसा जुटाउँदै छन् । यसका लागि उनी आफ्नो प्यारो लक्जरियस बाइक पनि बेच्न तयार भएका छन् । उनी आफ्नो बाइक बेचेर कोरोना संक्रमितहरुलाई अक्सिजन उपलब्ध गराउन खोज्दै छन् ।

अभिनेता राणेले इन्स्टाग्राम स्टोरीमा त्यही बाइक सफा गर्दै गरेको फोटो राख्दै लेखेका छन्, “म मेरो बाइक दिएर आवश्यकहरुका लागि अक्सिजन कन्सन्ट्रेटर लिन खोजिरहेको छु । कृपया हैदराबादमा राम्रो कन्सन्ट्रेटर फेला पार्न मेरो सहयोग गर्नुहोस…।”

चलचत्रि ‘सनम तेरी कसम’ र ‘पलटन’बाट चर्चित बनेका अभिनेता हर्ष गत वर्ष आफैँ कोरोना संक्रमित बनेका थिए । उपचारको क्रममा आईसीयूमा रहेका उनले आईसीयूबाटै चलचि ‘तैश’का लागि डबिङ गराएका थिए ।

उनी बलिउड अभिनेता जोन अब्राहमसँग नयाँ चलचित्रमा देखिँदै छन् ।भारतमा कोरोनाको दोस्रो लहरले अक्सिजन, बेड, औषधिको अभावमा दिनहुँजसो हजारौँले ज्यान गुमाइरहेका छन् । नवभारत टाइम्सबाट ।