दुखमा सारथी बनेका कलाकार !

नेपाल लगायत भारतमा कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएको छ । बलिउडका कलाकारहरु पनि सहयोगको लागि जुटेका छन् । आज गायक सोनु निगमले सहयोगको हात अगाडी बढाएका छन् । सोनुले गोल्फर कृषिव केएल टेकचंदानीसँगको सहकार्यमा कोरोना संक्रमितको लागि पोर्टेबल अक्सिजन सिलिन्डर वितरण गरेका हुन् ।

सोनु निगमले कोविड–१९बाट संक्रमित व्यक्तिको लागि मोवाइल अक्सिजनको आपुर्ति प्रदान गर्ने कोशिषमा ज्ुटिरहेका छन् । यसको लागि सोनुले २ हजार २१ पोर्टेवल कैनिस्टर पनि खरिद गरेका छन् ।यसको प्रयोगले अस्पतालमा बेड वा अक्सिजन कान्सेंटटर उपलब्ध नभएको स्थानमा गम्भीर रोगको अक्सिजनका आपुर्ति गर्न सकिन्छ ।

अक्सिजन कैनिस्टरले आपतकालिन अक्सिजनको आवश्यकता पुरा गर्छ ।त्यस्तै बलिउड अभिनेता हर्षवर्धन राणे कोरोना संक्रमितको उपचारका लागि पैसा जुटाउँदै छन् । यसका लागि उनी आफ्नो प्यारो लक्जरियस बाइक पनि बेच्न तयार भएका छन् । उनी आफ्नो बाइक बेचेर कोरोना संक्रमितहरुलाई अक्सिजन उपलब्ध गराउन खोज्दै छन् ।

अभिनेता राणेले इन्स्टाग्राम स्टोरीमा त्यही बाइक सफा गर्दै गरेको फोटो राख्दै लेखेका छन्, “म मेरो बाइक दिएर आवश्यकहरुका लागि अक्सिजन कन्सन्ट्रेटर लिन खोजिरहेको छु । कृपया हैदराबादमा राम्रो कन्सन्ट्रेटर फेला पार्न मेरो सहयोग गर्नुहोस…।”चलचत्रि ‘सनम तेरी कसम’ र ‘पलटन’बाट चर्चित बनेका अभिनेता हर्ष गत वर्ष आफैँ कोरोना संक्रमित बनेका थिए ।

उपचारको क्रममा आईसीयूमा रहेका उनले आईसीयूबाटै चलचि ‘तैश’का लागि डबिङ गराएका थिए ।उनी बलिउड अभिनेता जोन अब्राहमसँग नयाँ चलचित्रमा देखिँदै छन् ।भारतमा कोरोनाको दोस्रो लहरले अक्सिजन, बेड, औषधिको अभावमा दिनहुँजसो हजारौँले ज्यान गुमाइरहेका छन् ।