रु’द्रीपूजाको प्रसाद खाँदा २५ जना बि’रामी

सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रु’द्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बि’रामी परेका छन् । लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रु’द्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जना बि’रामी भएका हुन् ।

स्थानीय जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ पूजा लगाउने घमबहादुर कार्की, उनकी श्रीमती, छोराछोरीसमेत बिरामी परेका हुन् । रु’द्रीपूजा सकिएपछि सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका उनीहरूमा शुक्रबारदेखि नै पेट दुख्ने, सामान्य ज्वरो आउने स’मस्या देखिएको थियो ।

आइतबार रातिदेखि उनीहरू ध’माधम अस्पताल भर्ना हुन थालेका हुन् । बि’रामी भएका उनीहरूमा अ’त्यधिक झा’डापखाला लाग्ने, वान्ता हुने, उच्च ज्व’रो, पेट दु’ख्ने र टाउको दु’ख्ने स’मस्या देखिएको छ ।त्यसमध्ये पनि प्रसादीमा रुख क’टहरको तरकारी नखानेहरू बि’रामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए ।

उनको घरमा तीन जना बि’रामी परेका छन् । जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी उनकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मा, त्यसैगरी अरु पाँच÷छ जना छि’मेकी बि’रामी परेका हुन् । बि’रामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार शुरु भएको छ ।