भर्खरै हेटौंडा अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृ’त्यु, लगातार ३ जनाको ज्यान गयो

हेटौंडा अस्पतालमा पुनः अर्का एक कोरोना संक्रमितको पनि मृ’त्यु भएको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भे’न्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकजनाको मृ’त्यु भएको हो ।

महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृ’त्यु भएको अस्पतालका को’भिड इन्चार्ज डाक्टर सागर काफ्लेले पुष्टि गरे ।अस्पतालमा लगातार ३ जनाको मृ’त्यु भएको छ । हेटौंडा अस्पतालमा हिजै राति ९ बजे हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ बर्षिया कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको थियो ।

त्यस्तै बाराको अमलेखगंज बस्ने ४६ वर्षका एक पुरुषको उपचारको क्रममा आज बिहान मृ’त्यु भएको थियो । ती संक्रमितको बिहान ६ बजेर २२ मिनेटमा मृ’त्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । गएराती हेटौंडा १ का ५५ वर्षका एक पुरूषको उपचारकै क्रममा मृ’त्यु थियो ।

पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृ’त्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट हिजो र आज गरी ३ जनाको मृ’त्यु भएको हो ।यसैबीच अस्पतालमा कोरोना संक्रमितको चाप बढेको भन्दै आजदेखि हेटौडा अस्पतालको ओ’पिडि सेवा ब’न्द गरिएको छ ।

२० बेडको सेवाले बिरामीको चापलाई धा’न्न नसक्ने भएकोले ओ’पिडी ब’न्द गरी कोरोना संक्रमितलाई उपचार गर्न लागिएको अस्पतालले जनाएको छ । अर्को सूचना नआएसम्म ओपिडि सेवा बन्द रहनेछ ।