नेपालगञ्जकाे स्थिति भ’यावह, १२ घण्टामा ८ संक्रमितको मृ’त्यु

नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा हिजो बेलुका ८ बजे देखि आज विहान ८ बजेसम्म १२ घण्टामा ८ जनाको मृ’त्यु भएको बाँकेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)का फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कोहलपुर १५ का ६० बर्षीय पुरुष, खजुरा २ का २५ बर्षीय पुरुष, बर्दिया बढियातालका ४७ बर्षीय पुरुष रहेका छन् । यस्तै बैजनाथ ८ बाँकेका ६० बर्षीया महिला, नेपालगञ्ज १ का ३७ बर्षका पुरुष, नेपालगञ्ज ७ का ४८ बर्षका पुरुष, नेपालगञ्ज ३ का ५१ बर्षका पुरुष र बाँकेकै ३३ बर्षीया महिला रहेका छन् ।

वलीले भन्नुहुन्छ, यहाँ अक्सिजन अभाव हुनसक्ने समेत देखिएको छ, दैनिक औषतमा १० / १२ जनाको ज्यान थाल्यो, बाँकेको अवस्था वि’कराल बन्दै गयो । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा २९४ जना र १५० जना गम्भीर बि’रामीको उपचार भइरहेको छ ।

स्थानीय पालिकामा अ’क्सिजन सहितको आइसोलेसन सेन्टर राखिए पनि गम्भीर बि’रामीको संख्या धेरै हुँदा समस्या परिरहेको वलीले जानकारी दिनुभयो ।त्यस्तै हेटौंडा अस्पतालमा पुनः अर्का एक कोरोना संक्रमितको पनि मृ’त्यु भएको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भे’न्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकजनाको मृ’त्यु भएको हो ।

महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृ’त्यु भएको अस्पतालका को’भिड इन्चार्ज डाक्टर सागर काफ्लेले पुष्टि गरे ।अस्पतालमा लगातार ३ जनाको मृ’त्यु भएको छ । हेटौंडा अस्पतालमा हिजै राति ९ बजे हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ बर्षिया कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको थियो ।

त्यस्तै बाराको अमलेखगंज बस्ने ४६ वर्षका एक पुरुषको उपचारको क्रममा आज बिहान मृ’त्यु भएको थियो । ती संक्रमितको बिहान ६ बजेर २२ मिनेटमा मृ’त्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । गएराती हेटौंडा १ का ५५ वर्षका एक पुरूषको उपचारकै क्रममा मृ’त्यु थियो ।

पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृ’त्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट हिजो र आज गरी ३ जनाको मृ’त्यु भएको हो ।यसैबीच अस्पतालमा कोरोना संक्रमितको चाप बढेको भन्दै आजदेखि हेटौडा अस्पतालको ओ’पिडि सेवा ब’न्द गरिएको छ ।

२० बेडको सेवाले बिरामीको चापलाई धा’न्न नसक्ने भएकोले ओ’पिडी ब’न्द गरी कोरोना संक्रमितलाई उपचार गर्न लागिएको अस्पतालले जनाएको छ । अर्को सूचना नआएसम्म ओपिडि सेवा बन्द रहनेछ ।