घरमा जाऊँ अरूलाई सर्ला भन्ने ड’र फुर्सद मिल्यो भने एक वर्षको छोरोको भिडियो हेर्छन्  !

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । म’हिनावारी भएकाले से’नेटरी प्या’ड लगाउनुपर्ने बा’ध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बा’फिएर उ’कुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सि’कार हुने ड’र छ ।

पीपीई लाउनै पर्‍यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने स’मस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी ख’टिएकी छन् ।प्रीति शनिबार रात्रि ड्यु’टीमा ख’टिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा ख’टिएका थिए ।

उनीहरूका अनुसार एक जनाले ३०/४० जना बि’रामीलाई औष’धि खुवाउनुपर्छ । द’बाइ खुवाएर मात्रै कहाँ सुख पाउनु ! बि’रामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो यु’द्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्ष’णिक हुन्छ ।

उनीहरूलाई शनिबार अन्य दिनभन्दा ध’पेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन । औ’षधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थ’कान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तस्बिर कसले खिच्यो ? नर्स यमकुमारीलाई अलिअलि याद छ । थ’काइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चे’कअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जि’स्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो ।

बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई को’भिड स’र्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् ।प्रीतिलाई मज्जाले परिवारसँग गफ गरेर बस्ने दिन ह’राएजस्तो लाग्छ । साथीभाइ, आफन्त बि’राना भएका छन् ।

अस्पताल र घर आउजाउबाहेक अरू उनको जीवनका उत्सवमय क्षण गौ’ण छन् । उनले भनिन्, ‘निको भएका बि’रामी हेरें भने मात्रै मुस्कान आउँछ ।’ शरीर सन्चो हुँदा काममा ख’टिन उनलाई खासै दु:ख लाग्दैन । जब म’हिनावारी हुन्छ, उनी दोहोरो च’पेटामा हुन्छिन् ।

भाइरल भएको तस्बिरमा प्रीतिको थकानको कथा बेग्लै छ ।पेट दुखेर औ’षधि खाएकी थिइन् । पीपीईले आङका सबै लुगा नि’थ्रुक्कै भि’जेका थिए । ‘औ’षधि खाएर यसो ढ’लेर आराम गर्दै थिएँ,’ प्रीतिले भनिन्, ‘साथीहरूले मायाले सुमसुमाउँदै थिए ।’२३ वर्षीया यमकुमारी माइतीमै बसेर अस्पतालमा ख’टिएकी छन् ।

बिहे गरेको दुई वर्ष भयो । लकडाउनका कारण श्रीमान् उनीसँगै बस्न काठमाडौंबाट आएका छन् । यमकुमारीलाई भने पारिवारिक सम्बन्धतिर सोच्ने फुर्सद छैन ।अस्पतालदेखि घर आउँदा पनि उनको बि’रामीप्रतिको चिन्तन उस्तै हुन्छ । स्टाफ नर्सको एउटा ग्रुप च्याट छ, त्यसैमा कसलाई के स’मस्या छ भनेर रातभरि कुरा हुने उनले सुनाइन् ।

‘घर छु भन्ने मात्रै हो, ध्यान सबै अस्पतालमै हुन्छ,’ उनले भनिन्, ‘नि’द्रामा पनि अस्पताल सम्झिँदै ब’र्बराउँदी रहिछु ।’कालीकोट–२ की सुनीताका श्रीमान् ब्ल’ड क्या’न्सरका कारण दुई महिनाअघि बिते । ६ वर्षको छोरा लिएर भेरी अस्पतालमा ख’टिएकी उनी आफै कोरोना संक्रमित हुन् ।

सुनीताका आँखाअगाडि जब को’भिड संक्रमणले कसैका श्रीमान् म’र्छन्, उनी आफ्नै नियतिसँग तुलना गर्छिन् ।र, सा’हसका साथ आफ्नै कथा सुनाएर मृ’तकका आफन्तलाई सम्झाउन थाल्छिन् । ‘कहिलेकाहीं अरूको घा’उमा म’ल्हम लगाउन आफ्नै घाउ को’ट्याउनुपर्ने रहेछ,’ उनले भनिन् ।

दैलेखकी कमला नेपालीलाई नर्सिङ पेसा जागिरभन्दा पनि धर्म हो भन्ने लाग्छ । त्यसैले परिवारले जागिर छा’डेर घर फर्किन धेरै पटक बोलाउँदासमेत उनी जान सकेकी छैनन् । उनी काम गर्दागर्दै संक्रमित भइन् । तर बि’रामीको सेवा नै उनको औ’षधि बनेको छ ।

हरेक दिन घरबाट फोन आउँछ । ‘आमा रुँदै बोलाउनुहुन्छ,’ उनले भनिन्, ‘उहाँलाई सम्झाउँछु, एकबारको जीवन हो पुण्य कर्म गरेरै मर्छु ।’नेपालगन्ज मेडिकल अस्पतालका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा चार दिनदेखि आफैं संक्रमित छन् । लक्षण देखिएकाले स्लाइन चढाउँदै उनी काम गरिरहेका छन् ।

टा’उको दु’ख्ने, बा’न्ता आउलाजस्तो हुने, शरीर पि’टेजस्तै दुख्ने, खो’की ला’ग्नेजस्ता लक्षण दे’खिँदासमेत उनले पीसीआर गर्ने फु’र्सद पाएका थिएनन् । शनिबार बि’रामीको चाप बढ्यो । दुई जना मेडिकल अफिसर संक्रमित भएर होम आइसोलेसनमा छन् ।पुरुषोत्तमले ज’नशक्ति अ’भाव देखेर आफू सन्चो नहुँदा नहुँदै पनि जिम्मेवारी पूरा गरिरहेको बताए ।

आफ्नो हातमा स्ला’इनको इ’न्जेक्सन लगाउँदै बि’रामीको फाइल पल्टाउँदै गरेको उनको तस्बिर शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । लगातार प’खाला लागेपछि, कमजोर भएका उनी औ’षधि गर्दै थिए । अस्पतालकै नर्सले उक्त फोटो खिचिदिएकी थिइन् ।

‘उसै त पीपीई लगाएर बि’रामी हेर्नुपर्छ, त्यसैमा प’खाला लागेर उ’भिन नसक्ने भएको थिएँ,’ उनले भने, ‘हामी स्वास्थ्यकर्मीले बि’रामी छु भनेर उ’म्किन मिल्दैन ।’नेपालगन्ज उपमहानगरपालिका फु’लटेक्रा घर भएका डा. पुरुषोत्तमले साथीभाइ राम्रोसँग नभेटेको ६ महिना भयो ।

संक्रमणका बेला आफ्नो कारणले अरूलाई जो’खिममा पार्नु हुँदैन भन्ने उनलाई राम्रोसँग थाहा छ ।भावनामा बहेर कतिपय साथीले भेट्न बोलाउँछन् । पुरुषोत्तम भने मु’टु क’ठोर बनाउँछन् । फोन, म्यासेन्जरमा सम्पर्क गर्नेलाई समेत समय दिने फुर्सद उनलाई छैन ।

उनका अनुसार अस्पतालमा सबै स्वास्थ्यकर्मी यति व्यस्त छन् कि काम गर्दागर्दै ठो’क्किने साथीभाइको हा’लखबरसमेत बुझ्ने फुर्सद छैन ।बि’रामीको चाप बढेसँगै कोहलपुर मेडिकल कलेजमा नयाँ बि’रामी भर्ना गर्ने स्थिति छैन । अस्पतालको कुनाकाप्चा जहाँ खाली ठाउँ पाइन्छ, त्यहीं बिरामी राखेर उपचार गर्नुपर्ने स्थिति रहेको चिकित्सक देवेन्द्र आचार्यले बताए ।

एउटै डाक्टरले १२ घण्टा निरन्तर पीपीई लगाएर उपचार गर्नुपर्दा गर्मीले ढ’ल्ने अवस्था सिर्जना भएको उनले सुनाए ।गत वर्ष आफैं को’भिड पोजिटिभ भएका देवेन्द्र परिवारको मायाले घरमै बस्न सकेका छैनन् । ‘घरमा जाऊँ को’भिड अरूलाई सर्ला भन्ने ड’र छ,’ उनले भने, ‘जे हुन्छ, एक्लैलाई हुन्छ भनेर अस्पतालमै छु ।’

उनलाई अस्पतालको कामपछि १० मिनेट फुर्सद मिल्यो भने घरमा भिडियो कल गर्छन् । सबैभन्दा पहिला एक वर्षको छोरोको भिडियो हेर्छन् । आँखाभरि आँसु भरेर छोरो सम्झँदै फेरि बि’रामीको हेरचार गर्न थाल्छन् ।भेरी अस्पतालकी नर्सिङ इन्चार्ज शिला शर्माको तन अस्पतालमा छ मन भने साढे दुई वर्षको दूध खाने छोरोतिर हुन्छ ।

दिनरात बि’रामीको हेरचाह गर्न भ्याएकी शिलाले घरमा नौ दिनदेखि कोरोना संक्रमण भएको सानो छोरोको उपचार गर्न पाएकी छैनन् ।आमालाई जिम्मा लगाएर उनी दिनरात अस्पतालमा हुन्छिन् । काम गर्दागर्दै राति घर पुग्दा छोरो निदाइसकेको हुन्छ । उनले भनिन्, ‘सुतेकै बेला दूध खुवाउँछु ।’

उनका अनुसार छोरोको अवस्थामा सुधार आएको छ । तर अस्पतालमा दिनहुँ जटिल खाले बि’रामी हेर्दाहेर्दा शिलाका आँखा थ’कित छन् ।आइतबार २२ जना स्वास्थ्यकर्मी थपिएपछि उनको मनमा केही राहत महसुस भएको छ । ‘ज’नशक्ति थपिएपछि केही हल्का होला,’ उनले भनिन् ।

बि’रामीको संख्या बढेसँगै भेरी अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या पनि उत्तिकै छ । एक साताअघि ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए । अहिले संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ९० भन्दा बढी भइसकेको भेरी अस्पतालकी नासु विमला आचार्यले बताइन् ।कान्तिपुर दैनिक