प्रधानमन्त्रीले ३:३० मा देशवासीका नाममा सम्बोधन गर्दै, स्वास्थ्य सं‌’कटकाल घोषणा गर्न सक्ने

प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे ३ बजे देशवासीको नाममा गर्न लागेको सम्बोधनमा स्वास्थ्य सं’कटकाल घोषणा हुनसक्ने बताइएको छ ।नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणले नेपाललाई आक्रान्त पारिरहँदा संक्रमणको चेन ब्रेक गर्न ४१ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी भैसकेको छ ।

विभिन्न संघ संस्थाहरुले पनि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग गरिरहेका छन् ।न्यायका लागि मानवअधिकार नामक संस्थाले कोभिड–१९ तीव्र गतिमा फैलिरहेको र दैनिक हजारौं संक्रमित थपिनुका साथै मृ’त्यु दर समेत बढेकाले स्वास्थ्य सं’कटकाल घोषणा गर्न माग गरेको छ । सञ्जालका संयोजक ईन्द्रप्रसाद अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

के हो स्वास्थ्य सं’कटकाल ?निजी क्षेत्रका संरचना अथवा सम्पत्तिहरू केही समयका लागि सरकारले लिन सक्छ । जस्तैः निजी अस्पताल, विद्यालय वा व्यक्तिको घर । अहिलेको महामारीको लागि क्वारेन्टाइन बनाउन निजी विद्यालय र होटलको सरकारले प्रयोग गर्न सक्छ । समय तोकेर निश्चित समयको लागि सरकारले अस्थाई स्वामित्त्व स्थापना गर्न सक्छ ।

कुन-कुन वस्तु वा सेवामा कसरी सरकारले आफ्नो नियन्त्रण कायम गर्छ । त्यो सं’कटकालको आदेशमा भर पर्छ । सरकारले के-के प्रयोग गर्ने भन्ने स्वास्थ्य संकटकाल घोषणा गर्दा जारी गरिने आदेशमा उल्लेख गरिएको हुन्छ ।आदेशमा के गर्न पाइने के गर्न नपाइने भनेर उल्लेख गरिएको हुन्छ । स्वास्थ्य मन्त्रालयले चाहिने आवश्यक सामग्री खरिद गर्न चाहेमा गर्न पाउनेसम्मको आदेशमा जारी गर्न सक्छ ।