४ बजे मन्त्रिपरिषद् बैठक, केहि विशेष निर्णय हुनसक्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आज दिउसो ४ बजे मन्त्रिपरिषदब ैठक बोलाइएको हो ।

बालुवाटार निकट स्रोतका अनुसार कोभिड नियन्त्रण र पछिल्लो राजनीतिक घटनाक्रमको बिषयलाई लिएर बैठक बोलाइएको हो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले बिश्वासको मत लिनका लागि यही बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय लिएको थियो ।

आज बैठक बोलाइएको तर एजेण्डाबारे बैठकमै जानकारी दिइने एक मन्त्रीले बताए । उनका अनुसार केहीबेर अघि बैठकबारे सूचना आएको हो ।हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराएका प्रधानमन्त्री ओलीले आज सोमबार पुनः बैठक राखेको हुँदा केहि विशेष निर्णय हुनसक्ने बताइएको छ।

‘केहि विशेष निर्णय गर्नुपर्ने भएका कारण आज मन्त्रिपरिषद् बैठक राखिएको हुनसक्छ,’ थापाले भने। यसै बिच प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे ३ बजे देशवासीको नाममा गर्न लागेको सम्बोधनमा स्वास्थ्य सं’कटकाल घोषणा हुनसक्ने बताइएको छ ।नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणले नेपाललाई आक्रान्त पारिरहँदा संक्रमणको चेन ब्रेक गर्न ४१ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी भैसकेको छ ।

विभिन्न संघ संस्थाहरुले पनि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग गरिरहेका छन् ।न्यायका लागि मानवअधिकार नामक संस्थाले कोभिड–१९ तीव्र गतिमा फैलिरहेको र दैनिक हजारौं संक्रमित थपिनुका साथै मृ’त्यु दर समेत बढेकाले स्वास्थ्य सं’कटकाल घोषणा गर्न माग गरेको छ । सञ्जालका संयोजक ईन्द्रप्रसाद अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

के हो स्वास्थ्य सं’कटकाल ?निजी क्षेत्रका संरचना अथवा सम्पत्तिहरू केही समयका लागि सरकारले लिन सक्छ । जस्तैः निजी अस्पताल, विद्यालय वा व्यक्तिको घर । अहिलेको महामारीको लागि क्वारेन्टाइन बनाउन निजी विद्यालय र होटलको सरकारले प्रयोग गर्न सक्छ । समय तोकेर निश्चित समयको लागि सरकारले अस्थाई स्वामित्त्व स्थापना गर्न सक्छ ।

कुन-कुन वस्तु वा सेवामा कसरी सरकारले आफ्नो नियन्त्रण कायम गर्छ । त्यो सं’कटकालको आदेशमा भर पर्छ । सरकारले के-के प्रयोग गर्ने भन्ने स्वास्थ्य संकटकाल घोषणा गर्दा जारी गरिने आदेशमा उल्लेख गरिएको हुन्छ ।आदेशमा के गर्न पाइने के गर्न नपाइने भनेर उल्लेख गरिएको हुन्छ । स्वास्थ्य मन्त्रालयले चाहिने आवश्यक सामग्री खरिद गर्न चाहेमा गर्न पाउनेसम्मको आदेशमा जारी गर्न सक्छ ।