डेढ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जनाले दुबईबाट ल्याएको डेढ किलो सुनसहित पाँचजना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय र प्रहरीको सुयक्त टोलीले चेकजाँच गर्दा सो सुनसहित उनीहरू पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाकाअनुसार पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ, नवलपुरका राजु विश्वकर्मा र प्यूठानका यमलाल खनाल छन् ।

फरक–फरक उडानबाट काठमाडौं आएका उनीहररुले स्पिकरमा फिट गरेर सुन ल्याएको पाइएको हो । पछिल्लो समय त’स्करहरुले अ’वैध सुन ओसार्न वैदेशिक रोजगारीमा रहेका नेपालीको प्रयोग गर्दै आएका छन् । उनीहरूले सुन नेपाल पुर्‍याइदिएवापत कमिसन पाउने गर्छन् ।

थप समाचार –कोरोना भाइरस संक्रमणका कारण नेपालमा सात जना पत्रकारको मृ’त्यु भएको छ । पत्रकार महासंघका अनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोनाबाट संक्रमित भएका छन् ।महासंघका महासचिव रोशन पुरीका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आईसीयूमा उपचार भइरहेको छ ।

सञ्चार क्षेत्र पनि कोरोनाको दोस्रो लहरबाट प्र’भावित भएको प्रति महासंघ दुःखी र चि’न्तित भएको विज्ञप्तिमा उल्लेख छ ।’अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चु’नौतीपूर्ण बनेको छ । यो संवेदनशील घ’डीमा अ’नेक क’ठिनाइका बा’बजुद कार्यस्थलमा ख’टिने पत्रकारहरू अझ बढी ग’म्भीर र स’चेत हुनु जरुरी छ,’

महासचिव पुरीले जारी गरेको वि’ज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्तो वि’षम परिस्थितिमा आफ्नो पे’सागत धर्म नि’र्वाहका क्रममा सं’वेदनशील भई पू’र्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मा’पदण्डहरू अवलम्बन गर्न सबै पत्रकारमा अ’पिल गर्दछ ।’

महासंघले गरेको आ’ग्रहअनुसार सबै प्रदेश र शाखाहरूले कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्धार तथा उपचारमा स’क्रिय सहभागिता देखाइरहेका छन् । कतिपय शाखामा अ’क्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको महासचिव पुरीले जानकारी दिए ।

‘यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेसागत सुरक्षामा आ’पत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शा’खाहरूसहित पत्रकारहरूलाई महासंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, महासंघले कोरोना संक्रमणको अवस्थामा फिल्डमा ख’टिइरहेका पत्रकारहरूका लागि सुलभ पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन र आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ । कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरूका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।