बाँकेमा एक वर्षे बालक सहित ३४५ जना कोरोनालाई जितेर घर फर्किए !

नेपालगन्ज- बाँकेमा कोरोना संक्रमण भई उपचार पछि ३४५ जना निको भई डिस्चार्ज भएका छन्। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार एक वर्षे बालक सहित १९० पुरुष र १५५ जना महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

फोकल पर्सन वलीका अनुसार वैशाख १ गतेदेखि १९ गतेसम्म ५ हजार ३९३ संक्रमितमध्ये १ हजार ६२४ जना व्यक्ति संक्रमणमु’क्त भएका छन्। जसमा ७२३ महिला र ९०१ पुरुष रहेका छन्। त्यस्तै नेपालमा आज ७४४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६५८ जनाको पीसीआर परिक्षण भएको छ भने ५१८ जनाको एन्टीजेन परिक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७३८८ र एन्टीजेन बिधि बाट ७० जना गरि कुल ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ३७ जनाको मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ।