बंगलादेशमा डुंगा दु’र्घटना, २६ जनाले गु’माए ज्यान

ढाका । बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुंगा दु’र्घटनामा कम्तीमा २६ जनाको ज्यान गएकाे छ । स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पि’डबोट (तिब्र गतिमा दौडिने डुंगा)ले बालुवा ओ’सार्ने यन्त्रमा ठो’क्किएर उक्त दु’र्घटना भएको थियो ।

स्थानीय समय अनुसार बिहान सात बजे भएको यस दु’र्घटनामा अरु पनि व्यक्ति बेप’त्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, २६ जनाको श’व नि’कालिएको छ र पाँच जनालाई ग’म्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

अरु बे’पत्ता भएको आशंकामा खोजी कार्य ति’ब्र बनाइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुंगा दु’र्घटनामा ज्यान जाने गरेको छ । एक महिना अघि गत अप्रिल चारमा कार्गो जहाज र मानिस ओ’सार्ने डुंगा एकआपसमा ठो’क्किएर भएको दु’र्घटनामा २७ जनाको ज्यान गएकाे थियो ।

गत वर्षको जुन महिनामा पनि यात्रुबाहक डुंगा अर्को फेरीसँग ठो’क्किएर दु’र्घटना हुँदा ३२ जनाको ज्यान गएकाे थियो । यस श’ताब्दीको सबैभन्दा भयानक डुंगा दु’र्घटना मानिएको घ’टनामा सन् २०१४ मा सय जनाको डु’बेर ज्यान गएको थियो ।

बंगलादेशमा त’टीय जलक्षेत्र एवं नदीहरुमा डुंगा मार्फत् यात्रा निकै लो’कप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुंगाहरु दु’र्घटनामा परेर ज्यान जाने गरेको छ ।