काठमाडौं उपत्यकामा ३६६६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै नेपालमा आज ७४४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६५८ जनाको पीसीआर परिक्षण भएको छ भने ५१८ जनाको एन्टीजेन परिक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७३८८ र एन्टीजेन बिधि बाट ७० जना गरि कुल ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै गत बुधबार कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रा’स फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित ब’थनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रा’स फैलिएको स्थानीयवासीले बताएका छन् ।गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृ’त्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । म’लामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना सङ्क्रमणबाट दुईको मृ’त्यु-जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृ’त्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना ना’तेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृ’त्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृ’त्यु भइसकेको छ ।