अस्ट्रेलिया फर्के ५ वर्ष जे’ल

अस्ट्रेलिया — अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएमा ५ वर्ष जे’ल स’जाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म ज’रिवाना गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए उक्त स’जाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग ह’न्टले बताएका छन् ।

यही मंगलबारदेखि सुरु हुने यो नयाँ नियम कोरोनाकै कारण लागू गरिएको विश्वकै क’डा नियम भएको सञ्चारमाध्यमले जनाएका छन् । आजसम्म कुनै पनि रास्ट्रले आफ्ना नागरिक स्वदेश फर्किएमा जेल स’जाय हुने वा जरिवाना हुने नियम लागू गरेका छैनन् ।

तर ह’न्टले उक्त नियम अस्थायी भएको र अस्ट्रेलियाली नागरिक वा अन्य देशका नागरिकलाई समान भएको बताए ।सरकारले जैविक वि’विधतासम्बन्धी कानुनअन्तर्गत उक्त नियम परिमार्जन गरेको हो । अस्ट्रेलियाले केही दिनअघि नै भारतबाट आउने सबै यात्रुवाहक विमानलाई अस्ट्रेलिया प्रवेशमा प्र’तिबन्ध लगाइसकेको छ ।

नयाँ नियम भारतमा बसेका र सिंगापुर वा दुबई हुँदै आउने अस्ट्रेलिया नागरिकलाई समेत लागू हुने जनाएको छ ।हाल भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् । तीमध्ये ६ सय जना भाइरसको उच्च जोखिममा रहेका जनाइएको छ । स्वास्थ्यमन्त्री हन्टले आफूहरूको मुख्य उद्देश्य अस्ट्रेलियाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट ब’चाउनुरहेको बताएका छन् ।

पछिल्लो समय भारतबाट अस्ट्रेलिया आएका ना’गरिकमा कोरोनाको संक्रमण उच्च देखिएको छ । स्वास्थ्यमन्त्री हन्टले संक्रमण बढिरहेको देशबाट आउने नागरिकको संख्या बढेको कारण यो नियम लगाउनुपरेको बताएका छन् ।उनका अनुसार भारतमा कम्तीमा १४ दिन बिताएका कसैले पनि सेल्फ क्वा’रेन्टाइनमा बस्ने गरी आउन चाहे पनि आउन पाउने छैनन् ।

सरकारले बिहीबार सबै राज्य तथा ’टेरिटोरीका प्रमुख सम्मिलित बैठकपछि भारतको अवस्था र देशभित्र खोप वितरणलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ । अस्ट्रेलियाले दुई सातापछि भने आपत्कालीन अवस्थामा रहेका आफ्ना नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गर्ने जनाएको छ ।

मे १५ सम्म भारतबाट आउने यात्रुवाहक जहाजलाई अस्ट्रेलियाले प्र’तिबन्ध लगाइसकेको छ । अस्ट्रेलियाको विपक्षी दल लेबरले आफ्नो देश फर्कन चाहने नागरिकलाई क्वारेन्टाइनको व्यवस्था गर्ने जिम्मेवारी केन्द्र सरकारको भएको बताएको छ । लेबरले भारतबाट देश फर्कन चाहेका ९ हजार ना’गरिकलाई अन्य देशमा अ’लपत्र पार्न नहुने बताएको छ ।

उसले उपयुक्त र समय सुहाउँदो क्वा’रेन्टाइन सुविधा उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।भारतमा भइरहेको इ’न्डियन प्रिमियर लिग (आईपीएल) खेल्न पुगेका एक दर्जन अस्ट्रेलियाली क्रि’केटरसमेत सरकारको निर्णयका कारण स’मस्यामा परेका छन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले क्रिकेटर व्यक्तिगत रूपमा खेल खेल्नका लागि भारत गएका कारण उनीहरूलाई कुनै विशेष किसिमको सुविधा उपलब्ध नहुने बताइसकेका छन् । एबीसी सञ्चारमाध्यमका अनुसार भारतमा रहेका क्रिकेटर ए’डम जाम्पा र केन रि’चार्डसन सरकारद्वारा जारी निर्णयअगावै अस्ट्रेलिया फर्किसकेका भए पनि अन्य खेलाडी फ’र्कने टुंगो छैन ।कान्तिपुर