बागमती किनारमा श’वको लाइन !

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमणको दर दैनिक बढिरहँदा मृ’त्यु हुनेको संख्या पनि बढिरहेको छ। संक्रमणका कारण काठमाडौं उपत्यकामा ज्यान गु’माउनेमध्ये केहीको शव पशुपतिस्थित विद्युतीय श’वदा’ह गृहमा ज’लाइँदै आएको छ।

तर, कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या बढ्दै जाँदा श’वदा’ह गृहमा श’व ज’लाउन स’मस्या हुन पुग्यो । विद्युतीय श’वदा’ह गृहमा एउटा श’व ज’लाउन डेढ घन्टा लाग्ने भएसँगै दैनिक थोरै श’व व्यवस्थापन गर्न सकिने अवस्था बन्यो। कोरोनाका कारण ज्यान गु’माउनेको संख्या बढ्दै जाँदा व्यवस्थापन चु’नौतीपूर्ण बन्दै गएपछि नेपाली सेनाले संक्रमितको श’व बागमती नदी किनारमा ज’लाउन शुरु गरेको छ।

पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर पशुपति क्षेत्र इ’लाकाकै बागमती नदी किनारमा श’व ज’लाउन शुरु गरिएको सेनाले जनाएको छ। ‘श’वदा’ह गृह एउटा मात्रै सञ्चालनमा रहेकाले श’व ज’लाउन समय लाग्ने गरेको छ। हामीले स्वास्थ्यसम्बन्धी सबै मा’पदण्ड पूरा गरेर बागमती किनारमा सोमबारदेखि श’व ज’लाउन शुरु गरेका छौं,’ सेनाका प्रवक्ता सहायक र’थी सन्तोषवल्लभ पौडेलले भने।

सेनाले आइतबारसम्म कोरोनाबाट मृ’त्यु भएका देशभरबाट ३ हजार ४ सय ६२ वटा श’व व्यवस्थापन गरेको छ। सोमबार ३ बजेसम्म मात्रै उपत्यकामा ३० वटा श’व व्यवस्थापनका लागि अनुरोध भएर आएको प्रवक्ता पौडेलले बताए। सोमबार थप ३७ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो पछिल्लो २४ घन्टामा कोरोनाका कारण देशभर मृ’त्यु भएकाको संख्या हो।