कोरोना क’हर : पशुपतिस्थित बागमती किनारमै देखिन थाले हृ’दयविदारक दृश्यहरु

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोश्रो लहरसँगै संक्रमणपछि मृ’त्यु हुनेहरुको संख्यामा समेत बृद्धी भएसँगै विभिन्न हृ’दयविदारक दृश्यहरु देखिएका थिए ।

मोटरसाइकलको बीचमा आफन्तले श’ब लगेका तथा खुल्ला स्थानमा सयौँ श’ब ला’मबद्ध राखेर ज’लाइएका दृश्यहरुले सबैलाई स्तब्ध बनाउँथे ।भारतमा मात्रै नभएर अब यस्ता हृ’दयविदारक दृश्यहरु नेपालमै देखिन थालो छन् ।

दैनिक साँढे ७ हजारबाट संक्रमितको संख्या उ’कालो लाग्दा दैनिक ३५ जना भन्दा बढी संक्रमितको नि’धन हुन थालेको छ । संक्रमणपछि मृ’त्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौंको पशुपतिनाथस्थित बागमती नदि किनारमै श’ब ज’लाउन थालिएको छ ।

श’वदाहका दृश्य अनि आफन्तको भा’वबिह्वल अवस्थाले सबैलाई झ’स्काइरहेको छ । हुन त, केही दिन अघि मात्रै पनि नेपालमा संक्रमण दर बढेसँगै मृ’त्युदर पनि बढ्ने र श’व व्यवस्थापनका लागि उचित ठाउँको व्यवस्था गरियोस् भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको ध्यानाकर्षण गराएको थियो ।

तर यसलाई सरकारले खा’सै चासो देखाएन । यसको परिणाम सोमबार दिउँसो पशुपतिस्थित वि’द्युतीय श’वदा’ह गृहपछाडि पट्टि बागमती किनारको छेउमा देखियो । जहाँ लाईन लगाएर श’ब ज’लाईएका मात्रै थिएनन, श’व ज’लाउन पालो कुर्नुपर्ने अवस्था देखिन्थ्यो ।

जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली देशवासीका नाममा सम्बोधन गर्दै कोरोना रोकथाम र उपचार सेवाबाट सरकार नभाग्ने आश्वासन बा’ढिरहेका थिए ।

तर लुम्बिनी प्रदेशमा आफ्ना विश्वासपात्र रहेका मुख्यमन्त्री इश्वर पोखरेलले प्रदेश प्रमुखको राजनीतिक सदासयताबाट पुनः नि’युक्ति पाएको अवस्थालाई अन्य प्रदेशमा समेत अभ्यासका रुपमा विकास गर्न उनै प्रधानमन्त्री ओलीको चाहानामा गण्डकी र कर्णाली प्रदेशका प्रदेश प्रमुख फेरिए ।

संघ सरकार टिकाउन वा आफ्नै नेतृत्वमा मध्यावधि चु’नाव गराउन गर्दै आएको नैतिकता भन्दा बाहिरका गतिबिधिले प्रधानमन्त्री ज्यू तपाई जनताको स्वास्थ्य र जनजिविकामा जिम्मेवार हुनुहुन्छ भनेर कसरी पत्याउने ?