कोरोना जि’त्ने अडानका साथ अस्पताल जान मानेका थिएनन् होम आइसोलेसनमा मृ’त्यु भएका सङ्क्रमित

मोरङको बेलबारीमा होम आइसोलेसनमा रहेका कोरोना भाइरस सङ्क्रमितको मङ्गलबार बिहान मृ’त्यु भयो । बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमै आज बिहान ४ बजे मृ’त्यु भएको हो ।

उनी पूर्वसहायक निरीक्षक (अ’सइ) पनि थिए । उनको नोबेल अस्पतालमा वैशाख १६ गते पी’सीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । पोजिटिभ रिपोर्ट आएपनि घरमै कोरोनालाई जि’त्ने अडानका साथ उनी अस्पताल जान मानेका थिएनन् ।

‘कोरोना सङ्क्रमित हुँदा पनि उहाँ अस्पताल जान मान्नु भएन’, स्रोतले भन्यो, ‘सोमबार पनि उहाँले अस्पताज जादिनँ घरमै कोरोनालाई जि’त्छु भनेर अडान राख्नु भएको थियो । तर बिहान नै उहाँको नि’धन भयो ।’ स्रोतका अनुसार श्वा’सप्रस्वासमा स’मस्या आएर अवस्था ग’म्भीर बन्दै गएपनि उनी अस्पताल जान मानेका थिएनन् ।

उनको बेलबारी–२ स्थित बागदेवी सामुदायिक वन स’मूहको जङ्गलमा अ’न्तिम सं’स्कार गरिएको उनका छिमेकीले जानकारी दिएका छन् । उनको अ’न्तिम संस्कारमा मृ’तकका छोरा, बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, वडा नं २ का अध्यक्ष घनश्याम गौतमसहित केही स्थानीयबाहेक कोही पनि सहभागी थिएनन् ।

उनीबाहेक मोरङमा छ जनाको मृ’त्यु भएको थियो । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जना, विराटनगरकै विराट मेडिकल कलेजमा एक जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना र बिर्तामोडस्थित बिएण्डसीमा एक जनाको मृ’त्यु भएको हो ।