कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृ’त्यु, यो एकैदिन मृ’त्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै

काठमाडौं – देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला ५५ जनाको मृ’त्यु भएको हो। यो एकैदिन मृ’त्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो ।

योसँगै देशभर कोरोनाले मृ’त्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।१६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको ए’न्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृ’तकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।

श’व व्यवस्थापनमा देखिने स’मस्यामा सहयोग पु¥याउन आग्रह– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले को’भिड–१९ दोस्रो भे’रिएन्ट लहरसहितको सङ्क्रमण ती’व्ररुपमा बढिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, बे’ड, एम्बुलेन्स, औ’षधि उपचारको आवश्यक प्र’बन्ध मिलाउन तीनै तहका सरकारलाई अनुरोध गरेको छ ।

महासङ्घले आफ्नो सञ्जाल तथा नागरिक समाजसँग समन्वय गरी नागरिक समाज र समुदाय परिचालनमा विशेष जोड दिई कार्य अगाडि बढाउनसमेत सरकारसँग आग्रह गरेको छ ।महासङ्घका अध्यक्ष भारती पाठकले आज विज्ञप्तिमार्फत दैनिक श्रम गरेर खाने किसान, उपभोक्ताले संरक्षण गरेको वन पै’दावार उपभोगमा लगाइएको रो’कावट तत्काल खुल्ला गर्न माग गर्नुभएको छ ।

साथै सामुदायिक वन उपभोक्ता स’मूहलाई कानूनमा व्यवस्था भएको स्वा’यत्त अधिकारको सम्मान गर्दै वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम सञ्चालन तथा रोजगारी सृजना गर्ने व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

कार्ययोजनाको अवधि स’किएर कामलाई निरन्तरता दिन नसकिएका सामुदायिक वन उपभोक्ता समूहलाई को’भिड–१९ महामारीको समयमा वन व्यवस्थापनदेखि गरिब विपन्नको जीविकोपार्जनसँंग सम्बन्धित कार्यक्रम सञ्चालन गरी कार्य अगाडि बढाउनुपर्ने महासङ्घको सु’झाव छ ।

अध्यक्ष पाठकले सरकारले गरेका आ’ह्वानलाई पालना गर्दै, गाउँगाउँमा सचेतना अभिवृद्धि गर्न, वन पैदावार सही तरिकाबाट व्यवस्थापन गर्न, गाउँ टोलमा म’नोविमर्श कार्यक्रम सञ्चालन गर्न तथा स्वास्थ्य सु’रक्षाको सामग्री र खाद्यान्न गरिब विपन्न स’मुदायलाई स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध गराउन सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गर्नुभएको छ ।

सामुदायिक वन उपभोक्ता समूहले मुलुकभर क्वा’रेन्टिनका लागि व्यवस्था गरिएको एक हजार ४०० सामुदायिक वनको भवनमा सम्बन्धित निकायसँग परामर्श गरी स्थानीय फर्निचरलगायत आवश्यक सामग्री व्यवस्थापन गरी सामुदायिक भवन तयारी अवस्थामा राख्नसमेत आग्रह गर्नुभएको छ ।