बलिउड अभिनेत्री दीपिका पादुकोणसहित परिवारलाई नै कोरोना संक्रमण

बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार नै कोरोना संक्रमित भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार दीपिकाका पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो ।

दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो । दीपिकाको पिता बेङलोरको एक अस्पतालमा भर्ना भएका छन् ।भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड ना’घेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ ।

यसैबीच भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि से’नालाई आग्रह गरेका छन् ।कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था ना’जुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ ।

अक्सिजन, शै’या र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु स’ङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ ।यो स’ङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आ’पूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताउनुभयो ।

रक्षा समितिको नेतृत्वमा पर्याप्त स्रो’तसाधनसहित सेनाले काम गर्दा महामारी नियन्त्रण र क्षति कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।दिल्लीमा अक्सिजनको अभावमा सङ्क्रमितले दैनिकजसो ज्यान गु’माइरहेका छन् भने शै’या अभावमा कयौँ मानिस तड्पिरहेका छन् ।