कर्णालीमा टिपर ख’स्यो

दैलेख : कर्णाली नदिमा टिपर ख’स्दा दुई जना बे’पत्ता भएका छन्। दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर कर्णालीमा नदिमा ख’सेको हो। लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको टिपर दैलेखको आठबीस नगरपालिका–४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट नदिमा ख’सेको हो।

टिपर मंगलबार राती १० बजे दु’र्घटनामा परी कर्णाली नदिमा हुनसक्ने प्रहरीले जनाएको छ। कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा टि’पर ख’स्दा चालक र सह चालक बे’पत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।

उनीहरुको नाम भने खुल्न सकेको छैन्। बे’पत्ता हुनेको इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट ख’टिएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। कर्णाली नदिमा पानीको ब’हाव बढेको र पानी ध’मिलिएका कारण बेप’त्ताको खोजी कार्यमा क’ठिनाई भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार गो’ताखोरको टोलीमार्फत बेपत्ताको खोजी कार्य गर्नका लागि समन्वय भइरहेको छ।