दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृ’त्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृ’त्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृ’त्यु भएको हो।

अस्पतालका अनुसार वैशाख १० मा विवाह मण्डमा बसिरहेकी तारकेश्वर–७ की २६ वर्षीय बेहुलीलाई मण्डमै श्वास फे’र्न गाह्रो भएपछि बिपी स्मृति अस्पतालमा उपचारको लागि लगिएको थियो। अस्पतालमा डेढ घण्टा अक्सिजन दिएर उपचार गरेपछि पुनः मण्डमै पु’र्‍याएर विवाह सम्पन्न गरियो।

श्वास–प्र’श्वासमा झनै क’ठिनाइ भएपछि विवाहको भोलिपल्ट ११ गते पुनः सोही अस्पतालमा उपचारको लागि लगिएको थियो। वार्डमा दुई दिन राखेर अक्सिजन तथा अन्य उपचार गरे पनि स्थिति थप ग’म्भीर भएपछि तेस्रो दिन आइसियुमा भर्ना गरिएको थियो ।

आ’इसियुमा चार दिनको उपचारपछि भे’न्टिलेटरमा उपचार गर्दागर्दै उनको मृ’त्यु भएको अस्पतालका प्रशासक मधु मिश्रले बताए। उनीसहित उनकी बहिनीमा पनि संक्रमण भएकोमा अहिले सुधार भएको अस्पताल स्रोतले जनाएको छ। वैशाख ११ मै विवाह सम्पन्न भएकी भक्तपुर सुंडालकी २३ वर्षीया बेहुलीको वैशाख २० गते मृ’त्यु भएको छ।

उनलाई बिहेकै भोलिपल्ट श्वा’स–प्रश्वासमा स’मस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। उनको भक्तपुरको कोरोना अस्पतालमा उपचारका क्रममा भेन्टिलेटरमा मृ’त्यु भएको हो। कोरोना संक्रमणको कारण ग’म्भीर नि’मोनिया भएपछि उनको मृ’त्यु भएको उपचारमा संलग्न चिकित्सक फि’जिसियन सुनिल ढुंगेलले बताए। उ

नलाई वैशाख १२ गते यो अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार ग’म्भीर निमोनिया भएका थप ५ जना युवा उमेरका छन्। उनीहरू मध्येमा ३ जना आ’इसियु चाहिने अवस्थाका छन्। मृ’तक दुवै बेहुलीमा कुनै दी’र्घरो’ग नरहेको र कोरोना संक्रमणको कारणले मात्र मृ’त्यु भएको चिकित्सकले बताएका छन्।

गत चैत ३० गते दोलखा भिमेश्वरबाट भक्तपुर माइत आएकी २९ वर्षीया महिलाको पनि कोरोना संक्रमणको कारण वैशाख १७ गते भक्तपुरकै इ’न्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो। नागरिक दैनिकबाट