Breaking: नेपालमा आज थप ८६५९ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा आज थप ८६५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २०७५६ जनाको पीसीआर परिक्षण र ६१६ जनाको एन्टीजेन परिक्षण गरिएको जानकारी प्राप्त भएको छ ।

मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमका अनुसार ८६०५ जनाको पीसीआर परिक्षण बाट र ५४ जनाको एन्टीजेन बिधि बाट कोरोना संक्रमण पुष्टि भएको हो ।मत्रलायाका अनुसार पछिल्लो २४ घन्टामा १९९३ जना कोरोना संकमणमुक्त भएको छन । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५८ जनाको ज्यान गएको ।

यसअघि हिजो एकैदिन ५५ जनाको कोरोनाकै कारण ज्यान गएको थियो ।नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ७५ को मृत्यु भएको छ ।

त्यस्तै नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा १ सय २८ सांसदसहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको छ । यही बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको पूर्वसन्ध्यामा संसदमा जाने व्यक्तिहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

बुधबार र बिहिबार २ दिन स्वाव संकलन गर्ने कार्ययोजना अन्तर्गत आज पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।