सलमानका पिता सलिमले भने- ‘सलमानले कहिल्यै बिहे गर्दैन’ किनकि…

काठमाडौं। बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो ।सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- ‘कहिले बिहे गर्ने ?’ उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ ।

तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको दबाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।