सारा नेपालीका लागि खुशीको खबर, खेलकुद क्षेत्रमा नेपाललाई मिल्यो ठुलो सफलता

९ माघ २०७६, बिहीबार काठमाडौं । खेलकुद क्षेत्रमा नेपाललाई ठुलो सफलता मिलेको छ ।नेपालले सोझै सन् २०२१ मा भारतमा हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न पाउने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाललार्ई ग्लोबल छनोट खेल्न मौका दिने निर्णय गरेको जानकारी दिएको छ । आईसीसीको जनवरी १ मा सार्वजनिक गरेको टी–२० वरियताका आधारमा नेपाललाई सिधै ग्लोबल छनोटको मौका दिएपछि नेपाललाई ठुलो लाभ हुने भएको छ ।

नेपालसँगै जिम्बाबे, हङकङ र युएईले पनि सोझै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएका छन् । ग्लोबल छनोटमा १६ देशले प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टोलीका पुछारका चार देश सम्मिलित १२ देशसँग विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टोली विश्वकपका लागि छनोट हुनेछन् । नेपाल आईसीसी वरियतामा १२औं स्थानमा छ ।